अभिनेता गौरव पहारीले गरे श्रेयानी खतिवडासँग इन्गेजमेन्ट

0
4

काठमाडौँ – अभिनेता गौरव पहारीले प्रेमिका श्रेयानी खतिवडासँग इन्गेजमेन्ट गरेका छन् । गौरव र श्रेयानीको बुधबार होटल र्याडिसनमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट भएको हो । समारोहमा दुबै तर्फका परिवार, निकट साथी र केही फिल्मकर्मीको समेत उपस्थिति रहेको थियो । इन्गेजमेन्टमा दुबैले औंठी साटासाट समेत गरेका थिए। उनीहरुको विवाह आगामी मंसिरमा हुनेछ । तीन वर्षदेखिको प्रेम सम्बन्धलाई दुबैले पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् । श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन् । कलाकार टीका पहारीका छोरा गौरवले थुप्रै फिल्ममा अभिनय गरेका छन् ।

‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका उनका ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत फिल्म आएका छन् । म्युजिक भिडियोमा पनि उनी समय समयमा देखिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here