अब यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप

0
10

काठमाडौं- ह्वाट्सएपले आवधिक रूपमा पुराना स्मार्टफोनलाई फेजआउट गर्दै आएको छ। त्यसै अनुरूप यस वर्ष ५० ओटा डिभाइसमा यो मेसेजिङ एप खुल्ने छैन ।पछिल्ला अन्तिम तीन महिनाको अवधिमा ह्वाट्सएपले भारी मात्रामा एन्ड्रोइड र आईओएस डिभाइस फेजआउट गरेको यो दोस्रो पटक हो । गत अक्टोबरमा ह्वाट्सएपले आईफोन एसई, आईफोन एस सिक्स, आईफोन एस प्लसका साथै सामसङ, ह्वावे, एलजी, सोनी, जेडटीई, एचटीसी, लेनोभो र अल्काटेलका कम्तिमा ४० ओटा एन्ड्रोइड डिभाइसको सपोर्ट बन्द गर्ने कुरा बाहिर ल्याएको थियो ।
यस पटक ह्वाट्सएपले झन्डै ५० ओटा फोनको सपोर्ट बन्द गर्ने निश्चित गरेको छ । जसमा एप्पल आईफोन फाइभ र आईफोन फाइभ सी समेत रहेका छन् । यो सूचीमा बाँकी रहेका फोनहरूमा सामसङ, ह्वावे, एलजी, सोनी, लेनोभो र जेडटीई ब्रान्डका छन् । यी फोनहरू लामो समयदेखि अपडेट नभएकाले ह्वाट्सएपको सपोर्ट बन्द हुन लागेको हो ।

यससँगै ह्वाट्सएप सपोर्ट गर्ने डिभाइसमा कम्तिमा एन्ड्रोइड ५.० ललिपप अथवा आईओएस १२ हुनुपर्नेछ । यद्यपि अहिले पनि ह्वाट्सएपको एफएक्यूमा ४.१ तथा त्यसभन्दा नयाँ ओएस भएका एन्ड्रोइड फोनहरूमा सपोर्ट उपलब्ध रहेको उल्लेख छ ।

तर यो वर्षको अन्त्यसँगै एन्ड्रोइड ४.१ जेली बिन अपरेटिङ सिस्टम रहेका अधिकांश फोनहरूमा ह्वाट्सएप चल्न बन्द हुनेछ । गिजचाइनाले उल्लेख गरेअनुसार यो सूचीमा अधिकांश इन्ट्री-लेभल तथा मिड-रेन्जका स्मार्टफोनहरू रहेका छन् ।

यदि तपाईँले यी मध्ये कुनै मोबाइल प्रयोग गरिरहनु भएको छ भने ह्वाट्सएप चलाउन नयाँ फोन लिनुपर्नेछ अथवा त्यसमा नयाँ भर्सनको अपरेटिङ सिस्टम अपडेट गर्नुपर्नेछ ।

Apple

iPhone 5

iPhone 5c

Archos

Archos 53 Platinum

ZTE

ZTE Grand S Flex

ZTE Grand X Quad V987

ZTE Memo V956

HTC

HTC Desire 500

Huawei

Huawei Ascend D

Huawei Ascend D1

Huawei Ascend D2

Huawei Ascend G740

Huawei Ascend Mate

Huawei Ascend P1

Huawei Ascend D quad XL

Lenovo

Lenovo A820

LG

LG Enact

LG Lucid 2

LG Optimus 4X HD

LG Optimus F3

LG Optimus F3Q

LG Optimus F5

LG Optimus F6

LG Optimus F7

LG Optimus L2 II

LG Optimus L3 II

LG Optimus L3 II Dual

LG Optimus L4 II

LG Optimus L4 II Dual

LG Optimus L5

LG Optimus L5 Dual

LG Optimus L5 II

LG Optimus L7

LG Optimus L7 II

LG Optimus L7 II Dual

LG Optimus Nitro HD

Samsung

Samsung Galaxy Ace 2

Samsung Galaxy Core

Samsung Galaxy S2

Samsung Galaxy S3 mini

Samsung Galaxy Trend II

Samsung Galaxy Trend Lite

Samsung Galaxy Xcover 2

Sony

Sony Xperia Arc S

Sony Xperia miro

Sony Xperia Neo L

Wiko

Wiko Cink Five

Wiko Darknight ZT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here