अफ्रिकामा कोरोना भाइरसको फैलावट धेरै खराब हुने विश्व स्वास्थ्य संगठनको चेतावनी

0
29

विश्व स्वास्थ्य संगठनले अफ्रिकामा कोरोना भाइरसको फैलावटलाई लिएर एक चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘अफ्रिका कोरोना भाइरस चरम स्थितिमा पुग्न लागेको अवस्थामा वर्तमान तथ्यांकहरु भन्दा धेरै खराब हुने सम्भावना छ ।’विश्व स्वास्थ्य संगठनको आपतकालीन विभाग प्रमुख माइकल रायनले भने,’म धेरै चिन्तित छु। यो रोग अफ्रिकामा द्रुत गतिमा फैलिरहेको पाइएको छ ।’ अहिले सम्म यो महाद्वीप कोरोना भाइरसको आकर्षणको केन्द्र बन्नबाट जोगिएको छ । तथ्यांकका अनुसार अफ्रिकामा हालसम्म १५ हजारको कोरोनाबाट ज्यान गएको छ । त्यस्तै ७ लाख २५ हजार व्यक्तिहरू संक्रमित भएका छन्।
यस महाद्वीपमा दक्षिण अफ्रिका सबैभन्दा बढी कोरोना भाइरसबाट प्रभावित भएको छ, जहाँसम्म अहिलेसम्म ५ हजार मानिस मरेका छन् , र ३ लाख ७० हजार मानिस संक्रमित भइसकेका छन।
दक्षिण अफ्रिकामा कोरोना भाइरस संक्रमणको प्रसारमा भएको वृद्धिलाई सम्पूर्ण महाद्वीपको लागि चेतावनीको रूपमा लिन सकिन्छ।

-एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here