अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारीमा जगदम्बा मोटर्स

0
5

काठमाडौं- टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो । अपाचे आरटीआर १६० भीफोर एफआई सेग्मेन्टमा ग्राहकहरुका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भएरहेको कम्पनीले जानकारी दिएको छ ।

विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचरपनि उपलब्ध गराउने छ । कम्पनील ेसेग्मेन्टमै पहिलो पटक तीन राइडिङ मोड तथा समायोजनको सुविधासहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभरपनि उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ ।

साथै, अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्ट संगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकताअनुसार ड्राइभिङ मोड छनोट गर्न सक्नेछन् । आरटीआर १६० भीफोर एफआईको विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेशल कलर थीममा तयार गरिएको कम्पनीको भनाइ छ ।

जगदम्बा मोटर्स प्रा.लि.नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर एक सय ४० भन्दा बढी डिलरहरुको बलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here