अन्तरराष्ट्रिय बालदिवसको अवसर पारेर आयो बालगीत “खुम्बी यूलाको फेदमुनी”

0
379

काठमाडौं – नोभेम्बर २० अर्थात् अन्तरराष्ट्रिय बालदिवसको अवसर पारेर सर्जक सुरेश खप्तरी मगरले संदेशमुलक बाल गीत “खुम्बियुलाको फेदमुनि हामी बालबालिका” को म्युजिक भिडियो सार्बजनिक गरेका छन्।
शंकर थापा स्माईलको संगीत तथा बिश्व अधिकारी को संगीत संयोजनमा चर्चित बाल गायिका बिमु मगर र अंकित पुनले आवाज भरेको उक्त गीतमा शिक्षा क्षेत्रलाई बिशेष महत्व दिएर राम्रो संदेश दिन खोजिएको बुझ्न सकिन्छ । यस बाल गितको म्युजिक भिडियोलाई ४८ सय मिटरको उचाईमा रहेको गोक्यो हिमताल र गोक्यो आसपासका रमणीय क्षेत्र तथा खुम्जुङ माध्यमिक बिद्यालयमा छायाङ्कन गरिएको हो ।
यस सन्देशमुलक बाल गितको म्युजिक भिडियोको निर्माता तथा गितकार सुरेश मगर,निर्देशक भुपेन्द्र गुरुङ् तथा छायांकार रविन थापा, बाल कलाकार बिम्बु मगर दिपेश खत्री क्यामेरा टेकर आनन्द यादब, अभिनाश मानन्धरको साथमा १५ जनाको टोलि काठमाडौं देखि खरिखोला हुदै संसारको प्रख्यात रामासार क्षेत्र ४८०० मिटर हाइटमा रहेको गोक्यो तथा ५३५० मिटरको उचाइम रहेको गोक्यो रि मा समेत पुगेर छायांकन गरिएको हो। म्युजिक भिडियोलाइ डश म्युजिक नेपालको अफिसियल यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here