अन्तरप्रदेश चल्ने सार्वजानिक यातायातको भाडा बढ्यो

0
5

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अन्तरप्रदेश चल्ने सार्वजानिक यातायातको भाडा बढेको छ।
नेपाल आयल निगमले मंगलबारदेखि डिजेलको मूल्य बढाएसँगै यातायात व्यवस्था विभागले बुधबारबाटै लागु हुने गरी सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो। विभागले बुधबारदेखि नै लागु हुने गरी यात्रुवाहक सवारीसाधनमा ४.७० प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीसाधनमा ६.८३ प्रतिशतले भाडा वृद्धि गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here