अन्ततः ‘हिजाब’ लगारै बेन्जिनाले खेलिन् विश्वकप

0
4

काठमाडौँ- महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेल मोरक्कोका लागि ऐतिहासिक बनेको छ । दक्षिण कोरियाविरुद्धको उक्त खेलमा मोरक्कोले तीनवटा इतिहास रचेको छ । उक्त खेलमा मोरक्कोले एसियाली राष्ट्र दक्षिण कोरियालाई १—० गोलले हराएको थियो । मोरक्को पहिलो पटक महिला विश्वकपमा सहभागिता जनाएको हो । त्यसैले महिला विश्वकपमा मोरक्कोले हासिल गरेको यो नै पहिलो जित हो । आफ्नो पहिलो खेलमा मोरक्को बलियो प्रतिद्वन्द्वीसँग ६—० गोलले पराजित भएको थियो ।

दक्षिण कोरियाविरुद्घको खेलमा मोरक्कोका लागि इबतिसाम जराइदीले गोल गरेकी थिइन् । उनी पनि मोरक्कोका लागि विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेकी छन् । आइतबारको खेलमा मोरक्कोले हासिल गरेको यो दोस्रो उपलब्धि थियो ।

यसैगरी आइतबार दक्षिण कोरियाविरुद्धको खेलमा मोरक्कोकी खेलाडी नोहाइला बेन्जिना ‘हिजाब’ लगाएर मैदानमा ओर्लिएकी थिइन् । यसअघि कुनै पनि खेलाडीले ‘हिजाब’ लगाएर विश्वकप खेलेको थिएन । त्यसैले मोरक्कोकी २५ वर्षीया बेन्जिना ‘हिजाब’ लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी बनेकी छन् ।

सन् २०१४ मा विश्व फुटबल महासंघ (फिफा) ले खेलाडीले चाहेमा ‘हिजाब’ लगाएर खेल्न पाउने अनुमति दिएको थियो । फिफाले अनुमति दिए पनि यसअघि कुनै खेलाडी ‘हिजाब’ लगाएर विश्वकप खेल्न मैदानमा ओर्लिएका थिएनन् । त्यसअघि फिफाले ‘हिजाब’ लगाएर खेल्न प्रतिबन्ध लगाएको थियो ।

बेन्जिनाले विश्वकप सुरु भएलगत्तै ‘हिजाब’ लगाएर खेल्ने घोषणा गरेकी थिइन् । तर, जर्मनी र मोरक्को बीचको पहिलो खेलमा डिफेन्डर बेन्जिनाले मैदानमा प्रवेश गर्ने अवसर नै पाइनन् । खेल अवधिभर उनी बेञ्चमै बसेकी थिइन् । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here