अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको भन्दै त्रिवि रजिस्टार कार्यालयमा तालाबन्दी

0
24

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोपमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।
मंगलबार विभागमा तालाबन्दी गरेका उनीहरुले बुधबार त्रिवि रजिस्टार कार्यालयमा पनि तालाबन्दी गरेका हुन् ।
विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै नेविसंघको जनप्रशासन क्याम्पस एकाइ आन्दोलित बनेको हो ।
वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्त गर्नुपर्ने, एउटै व्यक्ति दुई संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने मागसहित तालाबन्दी गरिएको संघका इकाइ अध्यक्ष सुदीप श्रेष्ठले बताएका छन् ।
त्रिवि पदाधिकारी बैठकले त्रिविमा रिक्त भएका विभाग र क्याम्पसका पाँच पदमा पुरानैलाई निरन्तरता दिने नीति बनाएको थियो । तर, अन्यत्र सो सिद्धान्त अनुसार नियुक्ति भए पनि जनप्रशासनमा भने मापदण्ड मिचिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here