अनिता र बिनोद को वास्तविक घटनामा आधारित गीत ”सातै जुनी” लिएर आए कमल सरगम

0
140

काठमाडौं – संचारको क्षेत्रमा होस् चाहे गीत संगीतको क्षेत्रमा होस हरेक प्रहर उनको नाम कुनैन कुनै रुपमा गुञ्जिरहेको हुन्छ नेपालमा। उनि हुन् पछिल्लो पुस्ताका लोकप्रिय संचारकर्मी एबम सर्जक कमल ‘सरगम’।  पछिल्लो समयमा नेपाली संचार जगत र गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका उनै बहुमुखी प्रतिभाका धनि कमल ‘सरगम’ ले आफ्नो नयाँ गीत ”सातै जुनी” लिएर बजारमा आएका छन्।  विन्ध्यवासिनी म्युजिक प्रालिको निर्माण तथा बजार ब्यबस्थापन रहेको उक्त गीतमा कमल ‘सरगम’ को शब्द रचना तथा ‘पानसमा बत्ति बालेको’ लगायत  दर्जनौ लोकप्रिय गीतका गायक कर्णप्रिय स्वरका धनि एबम नेपाली संगीत क्षेत्रका स्थापित गायक बिमल डाँगीको स्वर / लय रहेको छ जसमा महिला आवाज लोकप्रिय गायिका पूर्णकला बिसी को रहेको छ। गीतका निर्माता विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुवास रेग्मी रहेका छन्।

यस गीतको भिडियोलाई भने पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।  जसमा बिनोद खड्का ,अनिता खड्का, राधा खड्का र प्रमिता घतानिको अभिनय रहेको छ , आफ्नो कुशल अभिनय दर्शक सामु प्रस्तुत गरेका मोडेल बिनोद खड्काको अभिनय रहेको पहिलो गीत केहि बर्ष अघि विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक भएको थियो भने अनिता, बिनोद र राधा एउटै पारिवारिक पृष्ठभूमिका समेत हुन्।  भिडियोको छायांकन हरिश महराले गरेका हुन् भने सम्पादन बिनोद बमको रहेको छ।

इन्द्रेणीका सातै रंग मिले जस्तै भावानका हरेक रंगहरु मिलेर उत्कृष्ट बनेको यस गीतलाई हाम्रो तर्फबाट पनि लाखौँ लाख सफलताको शुभकामना।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here