अनसनरत डा. गोविन्द केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

0
14

काठमाडौं – अनसनरत डा. गोविन्द केसीले १९ औं आमरण अनशन त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा.केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।
डा.केसीलाइ जुस पिलाउने ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।
चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं ५०१ मा राखिएको थियो ।
अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरुले ‘फेरि आमरण अनशन बस्न नपरोस्’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए । डा। केसीसँग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने र सम्झौतामा धोका हुन नहुने उनीहरुको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here