अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा बौद्धबाट १६ जना पक्राउ

0
15

काठमाडौं – अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा बौद्धबाट १६ जना पक्राउ परेका छन् । बौद्ध प्लाटिङस्थित खाजा घरमा अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक घर भइ कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट प्रहरी खटिएको थियो । प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here