अनलाइन ठगी र बैंकको सिस्टम हृयाक गर्ने गिरोह पक्राउ

0
186

काठमाडौं – प्रहरीले अनलाइन ठगी र बैंकको सिस्टम हृयाक गर्ने एउटा गिरोहलाई पक्राउ गरेको छ ।
आकर्षक उपहार पर्‍यो भन्दै सार्वसाधारणलाई ठगेको आरोपमा प्रहरीले यो समूहलाई पक्राउ गरेको हो। तर अनुसन्धानका क्रममा कृषि विकास बैंकको हृयाकिङमा संलग्नहरुसँग समेत उनीहरुको कनेक्सन देखिएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘करिव १६/१७ करोडको कारोबार देखिन्छ ।’
उनका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको र यसबारे अनुसन्धान गर्न पत्राचार भइरहेको छ ।
यसबारे जानकारी दिन प्रहरीले आजै पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here