अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नारा सहित मङ्सिर १४ गते विन्ध्यवासिनी म्युजिक अवार्ड

0
203

काठमाडौं – अग्रजलाइ सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नाराका साथ सुरु भएको मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड ले यहि मङ्सिर १४ गतेदेखि आफ्नो दशौँ संस्करण पुरा गर्दै छ । नेपाली संगीतकर्मीहरुको महान चाड भनेर पनि चिनिने यस अवार्डलाई कलाकार हरुले नेपालकै सबैभन्दा विश्वसनीय र निस्पक्ष अवार्डको रुपमा पनि लिने गर्छन । सोहि कार्यक्रमलाई प्रत्येक बर्ष भव्यताका साथ आयोजना गर्ने गर्छ नेपाली संगीत क्षेत्रको उत्थानको निमित्त अहोरात्र खटिरहेको संस्था विन्ध्यवासिनी फाउण्डेशनले ।
यस बर्षपनि सधाका बर्ष जस्तै टप ५ मनोनयनबाट सर्वोत्कृष्ट एकजना चयन गरि ३२ वटा विधामा अवार्ड पर्दान गरिदै छ , यस्तै लाइफ टाइम अचिभमेन्ट अवार्डबाट बरिष्ठ लोक गायक कुमार बस्नेतलाई सम्मान गरिदै छ । पत्रकारिता क्षेत्रबाट योगदान पुर्याएबापत बरिष्ठ पत्रकार राजेश खनाललाई सम्मान गरिदै छ भने कार्यक्रममा संगीत क्षेत्रका नया पुराना तथा बिशिष्ठ कलाकार हरुको समेत उपस्थिति रहनेछ ।
बिभिन्न चर्चित कलाकारहरुको प्रस्तुति समेत रहने फाउण्डेशनकि अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिनुभएको छ ।
यस्तै विन्ध्यवासिनी फाउण्डेशनले बिक्रम संबत २०६७ देखि देखि सुरु गरेको उक्त अवार्ड कार्यक्रममा नेपाली संगीत क्षेत्रमा अतुलनिय योगदान पुर्याएबापत विभिन्न बिशिस्ट संगीतकर्मिहरुलाई लाइफटाइम अचिभमेन्ट अवार्ड द्वारा पनि सम्मान गर्दै आइरहेको छ जसमध्ये ,
बिक्रम संबत २०६७ मा : नगद रु ५०००१ द्वारा बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य लाइ सम्मान गरिएको थियो
यस्तै २०६८ मा बरिष्ठ गायक तथा संगीतकार माणिक रत्न स्थापित , २०६९ मा बरिष्ठ गीतकार किरण खारेल, २०७० मा बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङलाइ ,नगद रु ५११५१ सहित सम्मान गरिएको थियो (२०७० देखि पहिला दिदै आएको रकमलाई बढाएर ५११५१ पुरायिएको थियो ) , २०७१ मा बरिष्ठ गीतकार तथा कवि दिनेश अधिकारी , २०७२ मा बरिष्ठ गायक प्रेमध्वज प्रधानलाई , २०७३ मा बरिष्ठ संगीतकार दिपक जंगमलाई , २०७४ मा बरिष्ठ गीतकार रत्न समसेर थापा लाइ नगद रु १००००० द्वारा सम्मान गरिएको थियो (२०७४ देखि पहिला दिदै आएको रकमलाई बढाएर १००००० पुरायिएको थियो) , २०७५ मा बरिष्ठ संगीतकार शक्ति बल्लभ ज्यु लाइ सम्मान गरिएको थियो ।
,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here