अख्तियारले नियन्त्रणमा लियो दोधारा चाँदनी नगरपालिकाका कागजपत्र

0
19

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ । सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए । “आव ०७७÷७८ का सडक निर्माण, कालोपत्रेलगायतका चारवटा योजनामा कार्य नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो”, उनले भने, “त्यसै आधारमा सम्बन्धित योजनाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” योजनामा अनियमियता नभए नभएकोबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here